बार्सिलोनाले चार खेलअगावै स्पानिस ला लिगाको उपाधि प्राप्त

१ जेठ, काठमाडौं । बार्सिलोनाले चार खेलअगावै स्पानिस ला लिगाको उपाधि जितेको छ । आइतबार राति भएको क्याटलान डर्बीमा स्पानयोललाई ४-२ ले पराजित गरेपछि बार्सिलोना च्याम्पियन बनेको हो ।

३४ खेलबाट बार्सिलोना ८५ अंक जोडेको शीर्ष स्थानमा छ । समान खेलबाट रियल ७१ अंकसहित दोस्रो स्थानमा छ ।

अब बार्सिलोनाले बाँकी खेल हार्दासमेत रियलले भेट्ने छैन । अब १२ अंकका लागि खेल्न बाँकी हुँदा बार्सिलोनाले १४ अंकको अग्रता बनाइसकेको छ ।

बार्सिलोनाले सन् २०१९ पछि पहिलो पटक ला लिगाको उपाधि जितेको हो । क्लबकै पूर्वखेलाडी जाभी प्रशिक्षक बनेपछि पनि बार्सिलोनाको यो पहिलो उपाधि हो ।

बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अलेजान्द्रो बाल्डे र जुल्स कोउन्डेले एक/एक गोल गरे ।

बार्सिलोनाले पहिलो हाफमै तीन गोल गरेको थियो । लेवान्डोस्कीले ११औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा बाल्डेले अग्रता दोब्बर पारे भने लेवान्डोस्कीले ४०औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गरे ।

५३औं मिनेटमा कोउन्डेले गोल गर्दा बार्सिलोनाले ४-० को अग्रता बनायो ।

स्पानयोलका लागि जाभिएर पाउडो र जोसेलुलु गोल फर्काए पनि बार्सिलोनालाई जितबाट रोक्न सकेन ।