थप १० जनामा कोरोना संक्रमण पुष्टि

३१ वैशाख, काठमाडौं। नेपालमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८४४ नमुना मध्‍ये २२३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १० जनामा कोरोना देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संया १२० पुगेको छ भने संस्थागत आइशोलेशनमा १० जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

आइतबार मात्रै कोरोनाबाट निको भएर १२ जना घर फर्किइसकेको मन्त्रालयले जनाएको छ ।