माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवर्ता पार्टी एकता बारे छलफल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ । मंगलबार एकीकृत समाजवादीको केन्दीय कार्यालयमा अध्यक्षद्वय नेपाल र गौतमबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी थिए । नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।