काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत प्रतिनिधि सभामा पेश गरेका
छन् ।
व्यापक रोजगारीको वृद्धि, आर्थिक सुशासन कायम गर्दै समष्टिगत अर्थतन्त्रको विकास गर्न बजेट केन्द्रित हुने उनले
बताए । वित्त घाटालाई वाञ्छित सीमा भित्र राखिने, बाह्य क्षेत्रको सुधारमा केन्द्रित हुने उनले बताए । रोजगारीको सिर्जनमा केन्द्रित हुने र गरिबी निवारणमा बजेट केन्द्रित हुनेछ उनले बताए ।