काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ । शुक्रबार दिउँसो सिम्रिक एयरको ९एन(एजेजेट हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेसँगै प्राधिकरणले एयरको अन्य उडानमा समेत प्रतिबन्ध लगाएको हो ।
एयरको दुर्घटनाग्रस्त विमान र अन्य विमानहरूको समेत विस्तृत निरीक्षण र उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको जाँच तथा परीक्षण नभएसम्मका लागि सबै उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
सिम्रिक एयरको दुर्घटना ग्रस्त विमानको र अन्य जहाजको समेत क्षेत्रमा संस्थाको लेखा परीक्षण सम्पन्न नभएसम्म उडान रोकिने उनले बताए ।
शुक्रबार दिउँसो १ बजे अरुण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९एन(एजेजेट हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको थियो ।
हेलिकप्टरमा सवार क्याप्टेन सुरेन्द्र पौडेलसहित ५ जना परेका छन् । जसमध्ये १ जनाको मृत्यु भइसकेको छ भने ४ जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ ।