सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बालुवाटारमा बस्दै छ । नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल
हुनेछ ।’ उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ ।

तर, रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ । यदि रास्वपा सरकारमा आए गठबन्धनमा रहेका दल बीचको भागबन्डामा साटफेर हुन सक्नेछ ।