नीरज विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा नीरज राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पूर्व गृहमन्त्री राम बहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा। ईन्द्रजित राईका छोरा नीरज विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले डा। ईन्द्रजित राईलाई मंगलबार नियन्त्रणमा लिएको छ ।

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् ।

आरोपी मध्येका सानु भण्डारीले नेपाली नागरिकलाई नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने बारे नेकपा ९एमाले०का सचिव टोप बहादुर रायमाझीलाई जानकारी भएको बयान दिएका छन् । पूर्व मन्त्री टोपबहादुर रायमाझी नातामा आफ्नो ‘मामा’ पर्ने भण्डारीले बताएका छन् ।

५० वर्षीय भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका छन् । एमाले सचिव रायमाझीसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।