Breaking News

राहत वितरणमा राजनीति र काठमाण्डौमा मजदुरको बिजोग भनेर समाचार लेखेकै भरमा पत्रकार महतारामाथि धम्की र गालीगलौज

२९ बैशाख, काठमाडौं । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले वितरण गरेको राहत वास्तविक पीडितले नपाएको र आफ्ना आसेपासे तथा आफ्ना राजनीतिक कार्यकर्ता लाई मात्र बाँडेको र सो गाउँपालिकाबाट काठमाण्डौं तथा अन्य शहरमा मजदुरी गर्न आएका र लकडाउनका कारण रोकिएका मजदुरहरुलाई उद्दार नगरेको, तिनीहरुलाई पालिकाबाट कुनै राहत र खान बस्नको बन्दोबस्त समेत नगरेर अमानवीय व्यवहार गरेको भनेर समाचार लेखेका आधारमा नेपाल पत्रकाहासंघ ललितपुर शाखाका सहसचिव, हाम्रो अनलाईन पत्रिका तथा छापामार साप्ताहीकका अध्यक्ष एवं प्रकाशक पत्रकार रनसुर महतरा (रमेश) माथि सो गाउँपालिकाका अध्यक्षको निर्देशनमा उनका आसेपासे ले धम्की, गाली गलौज, छाडा अपशब्द प्रयोग, मनमा जे आयो त्यही बोल्ने, सामाजिक संञ्जालमा पत्रकार स्वयम् तथा घरपरिवारको समेत बेइजेती गर्ने जस्ता अपवाह फैलाउँदै आएको बुझिएको छ ।
गाँउपालिकाको राहत वितरणमा राजनीति , वास्तविक पीडितले राहत पाएनन्, काठमाण्डौंमा मजदुरको वेहाल’ शीर्षकको समाचारको विषयलाई नेपाल पत्रकार महासंघ ललितपुरका सह सचिव एवं हाम्रो अनलाइन र छापामार साप्ताहिकका सञ्चालक तथा प्रधानसम्पादक समेत रहेका महतरालाई स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफ्ना नजिकका रोशन शाहीलगायतकालाई उचालेर उनीहरु फोनमार्फत् धम्क्याउने र सामाजिक सञ्जालमा जथाभावी लेखी चरित्र हत्या गर्न खोजिएको पत्रकार महतारले हामीलाई बताएका छन् । उनी अगाडी भन्छन्, फोनको त सिमा नै छैन, जतिखेर पायो त्यतिखेर आउँछ अनि जे पायो त्यही बोलेका हुन्छन् । समाचार त महिले लेखेको हो त्यसमा पनि सत्यतथ्य नै छ । तर मेरो घरपरिवारले के बिगारेको थियो । वास्तविक साचार लेखैकै भरमा पत्रकारलाई यसरी गालीगलौज गर्न पाइन्छ र ? महिले त सो गाउँपालिकाबाट काठमाण्डौंमा आएर मजदुरी गर्न आएका र लकडाउनका कारण रोकिएर बसेका पिडित मजदुरको आवाज पोखेको हुँ, उनीहरुले जे बोले, जे भोगेका छन् त्यही लेखेको हुँ । सोही पालिकाका मजदुर भोगभोकै र चिसो पालमुनी रातदिन काट्ने अनि पालिकाले राहत बाड्यौ भनेर भ्वाङ पिट्न पाईन्छ ? हो यही र यस्तै पिडादायक समाचार  पत्रकार भएको नाताले संप्रेषण गरेको हुँ । त्यसमा म पनि सोही पालिकाकै स्थानीय हुँ । जनता राहत नपाएर भोकभोकै मर्ने अनि पालिकाले हुमुमी शैली देखाएर अरुको चरित्र हत्या गर्न पाइन्छ । त्यसैले यस्ता जनप्रतिनिधि र उनका भरौटेहरुलाई कानुनी कारवाही र सामाजिक अपराध सम्बन्धी अभियोग लगाउन समेत माग गरेका छन् ।
यसैबीच क्रान्तिकारी पत्रकार महासंघका महासचिव राम कुमार श्रेष्ठले विज्ञप्ति जारी गरी संगठनका सचिव समेत रहेका महतरामाथि धम्की दिएकोमा भत्र्सना र निन्दा गरेका छन् । समाचारमा चित्त नबुझे सोही मिडियामा खण्डन छपाउने, त्यो सम्भव नभए प्रेस काउन्सील लगायत उजुरी गर्ने निकायहरु तथा माध्यमहरु हुँदा हुँदै मध्येरातमा फोन गरेर तथानाम गालीगलौज गर्ने, धम्क्याउने र चरित्र हत्या गर्ने कार्यको हाम्रो संगठन घोर भत्र्सना र कडा शब्दमा निन्दा गर्दछ । साथै, उक्त घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न हाम्रो संगठन जोडदार रुपमा माग गर्दछ । विज्ञप्तिमा भनिएको छ ।
त्यसैले गणतन्त्रको कानुनी मुलुकमा आएर पहिलेको जस्तै हुमुमी शैली र सत्यतथ्य वास्तविक पहिलचान नगरी कुनै नागरिक वा जोसुकैको चरित्रहत्या गर्न खोज्ने निकाय, व्यक्ति, संस्था वा राजनीतिक दलका प्रतिनिधिलाई छुट छैन र हुँदैन पनि । त्यसैले पत्रकार रमेश महतारामाथि समाजिक संञ्जालबाट गरिएको प्रहार वा चरित्रहत्या गर्ने पालिका अध्यक्ष वा उनका सहयोगीलाई कानुनी दायरामा ल्याएर कानुन अनुसार कारवाही हुन जरुरी छ ।