नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखालाई कालिका सोपद्धारा ३०० वोतल स्यानिटाइजर हस्तान्तरण

२९ बैशाख, काठमाडौं । कोरोना भाइरसको महामारीमा पनि आफ्नो कर्तव्य जिम्मेवारी वहन गरी खटिरहेका पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्धकै क्रममा हिजो कालिका सोप एण्ड केमिकलले नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखालाई करिब ३०० वोतल ह्यण्ड स्यानिटाइजर हस्तान्तरण गरेको छ । हिजो आइतबार शाखा कार्यालय भृकुटीमण्डपमा ह्यण्ड स्यानिटाइजर हस्तान्तरण गरिएको हो । कोरोना संक्रमणको जोखिमलाई ख्याल गरि स्वास्थ्य सुरक्षाको उद्देश्य राखेर कालिका सोपका प्रतिनिधिले नेपाल पत्रकार महासङ्घ काठमाडौंका उपाध्यक्ष सुर्य सुवेदीलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।
सामाग्री बुझ्दै शाखा उपाध्यक्ष सुर्य सुवेदीले प्राप्त सामाग्री पहिलो घेरामा रहेर समाचार सङ्कलन गर्ने पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर वितरण गर्ने बताउनु भयो । उपाध्यक्ष सुवेदीले कोरोना संक्रमणको मौका छोपी विभिन्न मिडियामा कार्यरत पत्रकार हरुलाई कामबाट निकाल्ने, बेतलबी बस्न लगाउने जस्ता सूचना आएकाले त्यसो नगर्न र श्रमजीवी पत्रकारको साथमा रहन सम्बन्धित मिडियालाई आग्रह गरे ।
उपाध्यक्ष सुवेदीले भन्नु भयो, संकटको घडीमा दाताबाट प्राप्त खाद्यान्न लगायतका सामाग्री करिब २५० भन्दा बढी पत्रकारलाई सहयोग गरेको र अरु पत्रकारलाई पनि अफ्ठ्यारो परेको खण्डमा सहयोग गर्न शाखा तयार रहेको उक्त अवसरमा जानकारी गराएका थिए । भोलिका दिनमा पनि पत्रकार महासंघ पत्रकारका हकहित र सुरक्षाका लागि हरपल लागि रहने समेत बताएका छन् ।