१९ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदैछ । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेको थियो ।
दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।
यूएईले खेल रोकिनुअघि २७.३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । २८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए । ललित पनि ह्याट्रिक विकेट नजिक छन् । यदि उनले मंगलबार पहिलो बलमै विकेट लिए ओडीआईमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बन्नेछ ।