स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने हो

एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी निकट अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने बताएका छन् । अध्यक्ष ओलीले तीन किसिमका मानिसले मात्र राजतन्त्र मान्ने गरेको बताएका हुन् ।

राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन्’, ओलीको भनाइ छ । उनले स्वार्थी तत्वहरु विकाउ माल भएको भन्दै उनीहरुलाई एकहप्ता दश दिनका लागि किन्न सक्ने भन्दै त्यस्ता तत्वहरुले राजतन्त्र मान्ने गरेको बताए । अध्यक्ष ओलीले झापा र तेह्रथुम लगायतका स्थानमा आफु जाँदा आक्रमण गर्नेहरु पनि पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दावी गरे ।

‘कार्यक्रममा जाँदै गर्दा केही गुन्डा प्रवृत्ति, अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गरे’, ओलीले भने, ‘यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह उनको परिवारको देखिएको छ ।