प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको जनमत पार्टीका अध्यक्ष सिके राउतको आरोप

बारा । आज बैशाख १० गते तीन ठाउँमा उपनिर्वाचन हुँदैछ । यसै क्रममा बारा २ का २ मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतलेआरोप लगाएका छन् । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले बताए ।

आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको आरोप
लगाए । आफूहरूले हिजो देखि नै बुथ कब्जा हुने जानकारी पाएको र प्रहरी प्रशासनलाई पनि जानकारी गराए पनि उल्टै प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको उनको आरोप छ ।

स्थानीय प्रशासनले भने कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भइरहेको जानकारी दिएको छ ।