भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन

२८ बैशाख, काठमाडौं । हालै मात्र भारतले नेपालको भूमि लिम्पियाधुरा, कलापानी तथा लिपुलेकबाट चीन जोड्ने व्यापारी बाटो उद्ध्घाटन गरेको पछि उत्पन्न भएको दुई देशको सीमा बिबादका बिषयमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ ।
जनता दरबार नामक संस्थाले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको हो ।
नेपाल र भारत दुबै देशले उक्त क्षेत्र विवादित हो भनेर स्वीकारेका छन्। तर भारतले अहिले एकपक्षीय रूपमा बाटो बनाएको छ,’ जनता दरबारका संयोजक एसपी शाहले भने,‘त्यसको विरोधमा हामीले पुत्ला दहन गरेका हौं । तर पुत्ला दहन गर्दागर्दै प्रहरी आएर हस्तक्षेप गरेको थियो ।