दाङमा मोटरसाइकलमा सवार दुई जनाको ट्रकको ठक्करबाट मृत्यु

दाङमा मोटरसाइकलमा सवार दुई जनाको ट्रकको ठक्करबाट मृत्यु भएको छ। दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विकको मृत्यु भएको छ।

तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत आज बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो।

दुर्घटनाका घाइतेमध्ये गोपालको घटनास्थलमै मृत्यु भएको र घाइते सन्देशलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको छ।