उपत्यकामा लकडाउन खुलेको हो की क्या हो ?

२८बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरे पनि पटकपटक थप गरी जेष्ठ ५ गतेसम्म लाई तोकिएको भएपनि बैशाख २६ गतेबाट खुकुलो भएको लकडाउन तर आज भने काठमाण्डौं उपत्यकामा लकडाउन खुलि सकेको जस्तै सडकभरी सवारीको जाम देखिन थालेको छ । आजको दृष्यले लकडाउन हटिसकेको हो कि भन्ने भान हुन्छ । किनभने काठमाडौंका सडकमा गाडीहरुको ताँती देख्न सकिन्छ । आइबार बिहान कार्यालय समय सुरु हुने बेला सुन्धारा क्षेत्रमा गाडीहरुको लामो जाम नै लागेको छ ।
तर सरकारले आज देखि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन टाइम कार्ड लागु गरेको छ ।