Breaking News

दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागिएको अडियो आफ्नो नभएको ढाका कुमार श्रेष्ठ दाबी

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद डा. ढाका कुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागिएको अडियो आफ्नो नभएको दाबी गरेका छन् । उनले आफ्नो आवाज सम्पादन गरी नियोजित रुपमा षडयन्त्र गरिएकोसमेत भनेका छन् ।

ढाका कुमारको सचिवालयले विज्ञप्ति जारी गरी सो सम्बादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठको नभएको जिकीर गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘सो आवाज सम्पादन (इडिट) गरी नियोजित रुपमा मा। डा। ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र
हो ।’

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग रकम मागेको अडियो कपुरबोट डटकमले सार्वजनिक गरेको थियो ।

तर श्रेष्ठको सचिवालयले भने सो अडियोमा भनेको जस्तो ढाका कुमारलाई मन्त्री बनाउने कुरा पार्टीमा नउठेको र यो योजनाबद्ध ढंगले श्रेष्ठको इज्जत, मान, मर्यादालाई गिराउने उद्देश्यले प्रेरित रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो अडियो राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कारबाहीको लागि प्रक्रियामा अगाडि बढ्नेसमेत श्रेष्ठको सचिवालयले जनाएको छ ।