सिस्नु टिप्न गएका दुई जना नाबालिका भिरमा मृत भेटिए

काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत भेटिएका छन् । हिजो बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मृत भेटिएका हुन् । सिस्नु टिप्न सेराबाङ गएका उनीहरू रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय लुपर खोलाको भिरमा शव भेटिएपछि अनुसन्धान गर्न नेपालगन्जबाट कुकुर सहितको टिम परिचालन गरिएको
छ । ‘नेपाली सेनाको हेलिकप्टरमा तालिम प्राप्त कुकुर घटनास्थलमा परिचालन गरिएको छ ।