सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिमा गठन गरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिमा गठन गरेका
छन् । बिहीबारको बैठकमा सभामुख घिमिरेले समितिमा रहने सदस्यहरूको नाम घोषणा गरेका हुन् ।

समितिमा अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लीलानाथ श्रेष्ठ, विद्या भट्टराई रहेका छन् । त्यसैगरी सन्तोष परियार, सरिता प्रसाईँ, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।