चन्द्रागिरी १५ वटा कार्यालयले राहत हैन रोजगारी दिने

२८ वैशाख, काठमाण्डौ । कोरोना भाइरसका कारण देश लकडाउनमा परेपछि सबै क्षेत्र ठप्प भएपछि दैनिक ज्यालादारी गर्ने, बिद्यार्थी, खुद्रा व्यापारी, भाडावाला र अन्य निम्न वर्गीय स्थानीयबासीलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ले राहतको सट्टा रोजगारी दिने भएको छ । वडाभित्र स्थायीरअस्थायी रूपमा बसोबास गर्ने दैनिक ज्यालामजदुरी गरी खाने नागरिकलाई वडाले काम दिने भएको हो ।
कोरोनाभाइरस महामारीका कारण देश लकडाउनमा रहेको र यस्तो बेला कामविहीन उनीहरूलाई नगरपालिकाले खाद्यान्न लगायत राहत दिँदै आएको थियो ।
१५ वडा कार्यालयले अब राहतको हैन रोजगारी (काम) दिन लागेको हो ।
वडाध्यक्ष उत्तमबहादुर राउतले सूचना निकालेर भीडभाड गरी राहत बाँड्ने र खाना खुवाउँदा झन् कोरोना संक्रमण फैलन सक्ने डर रहेको भन्दै उनले बरू वडाले कामको व्यवस्था मिलाएको बताएका छन् ।
‘लकडाउनका बेला आयआर्जन नहुँदा हातमुख जोर्ने समस्या सिर्जना भएको छ, उहाँहरूलाई भीडभाड गरी राहत बाँड्ने, खाना खुवाउने गर्दा झन् संक्रमणको जोखिम बढ्ने संभावना भएकोले स्वाभिमान पनि उठ्ने गरी वडा कार्यालयले समस्याग्रस्त परिवारको एक सदस्यलाई कामको प्रवन्ध गरेको हुँदा वडा कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ,’ वडाध्यक्ष राउतले एक सूचना निकाली खबर गरेका छन् ।