स्थानीय सरकार ५ वर्ष चलेसँगै केन्द्र सरकार पनि पाँच वर्ष नै चल्छ

प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लगातार ५ वर्षसम्म परिवर्तन नहुने बताएका छन् । काठमाडौँ महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको हलमा गरेको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रचण्डले यो सरकार भत्किन्छ कि भनेर चिन्ता नलिन आग्रह गरे ।

कार्यक्रममा पूर्ववक्ता रहेका काठमाडौँमा महानगरका प्रमुख बालेन्द्र शाहले स्थानीय सरकार ५ वर्षका लागि स्थायी सरकार भएको बताउँदै केन्द्रीय सरकार भने बेला बेला फेरिने गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।

उनले केन्द्रीय सरकार अब ५ वर्षको लागि स्थायी बनोस् र सहकार्य गर्न पाईयोस् भन्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले त्यसको जवाफ दिँदै सरकार ५ वर्षसम्म जानेमा चिन्ता नलिन आग्रह गरेका हुन् ।