नेकपा एकीकृत समाजवादीको आकस्मिक सचिवालय बैठक जारी

काठमाडौँ । प्रचण्ड नेतृत्वको सरकारले मन्त्रीमण्डल बिस्तारका लागि घनीभूत छलफल गरिरहेको बेला नेकपा एकीकृत समाजवादीले आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा दिउँसो साढे १ बजे देखि सचिवालयको बैठक बसीरहेको छ। यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार बैठक बोलाइएको बताइएको छ । बैठकले एक जनामात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

स्रोतका अनुसार प्रचण्डले आज बेलुकासम्म जसरी पनि मन्त्री बन्ने एक जनाको नाम दिन भनेका छन् । तर, मन्त्रालय भने दुई वटा दिन सकिने र अर्को पछि मिलाउँदै जाने भनिएको छ ।