उदयपुरको भुल्केका पुनः एकजना संक्रमित भेटिए

२७ वैशाख, उदयपुर । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण भेटिएककी छन् । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो । आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो । योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ । आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । त्यस मध्यमै ३१ जना निको भएर घर गइसकेका छन् ।