तत्कालीन नेकपा ब्युँताउन माधव नेपालको प्रचण्डलाई प्रस्ताव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखेका छन् । अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सो प्रस्ताव राखेका हुन् ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा बोल्दै उनले आज बिहान आफूले प्रचण्डलाई नेकपा रिभाइभ गर्ने प्रस्ताव राखेको बताए ।

‘आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले भने, हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ।

राष्ट्रपतिको चुनावका बेला नेकपा ब्युँताउने प्रस्तावमा प्रचण्ड तयार भएको बताए । तर, एमाले अध्यक्ष केपीशर्मा ओलीले सोही प्रस्ताव पठाउँदा चासो नराखेको बताए ।