काठमाडौँ । काठमाडौँको मौसम बिहानैदेखि सफा रहेको छ । अहिले पारिलो घाम लागे पनि अपराह्नतिर काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना छ । आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ ।
रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । भालि शुक्रबार पनि लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भेगमा आंशिक बदली रहनुका साथै लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघ चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।