स्ववियु निर्वाचन : अहिलेसम्म कुन संगठनले कति क्याम्पसमा निर्वाचित नामावली सहित

त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आइतबार स्ववियु चुनाव भएको छ। बिहान ८ अपराह्न ४ बजेसम्म विद्यार्थी (मतदाता) ले प्रतिनिधि चयनका लागि मतदान गर्ने समय दिइएको थियो।

दुई आंगिक क्याम्पससहित केही सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी संगठनको सहमतिमा स्ववियु कार्यसमिति चयन गरिएका थिए। काठमाडौं उपत्यकाभित्र भने सत्ता गठबन्धन दलका भ्रातृ विद्यार्थी संगठनले गठबन्धन गरेर क्याम्पसहरू भागबन्डा गरी उम्मेदवार उठाएका छन्।

उपत्यकाबाहिर भने केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी संगठनहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा पनि छ। केही क्याम्पसमा निर्विरोध सभापति निर्वाचित भएका छन् भने केही स्थानमा विवाद भएर हुन सकेन।

काठमाडौं उपत्यकाभित्रका ७ क्याम्पसमा आइतबार चुनाव हुन सकेन। काठमाडौंको त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा स्ववियु चुनाव नभएको हो।

काठमाडौं उपत्यका बाहिर केही क्याम्पसमा विवाद हुँदा स्ववियु चुनाव स्थगित पनि भएका छन्।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार छिटपुट घटनाबाहेक शान्तिपूर्वक नै स्ववियु चुनाव सकिएको छ।

स्ववियु चुनावमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका उनले जानकारी दिए। चुनाव रोकिएका क्याम्पसहरूमा भने आपसी समझदारीमा मिति तोकेर पछि चुनाव हुनेछ।

अहिलेसम्म कहाँ कसले जिते ?

नेविसंघ

नेविसंघ कार्यालय सचिव विजय खड्काका अनुसार चुनाव भएका ठाउँको अहिलेसम्म आएको नतिजाअनुसार १७ ठाउँमा नेविसंघले जितेको छ।

  • त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस: श्यामराज ओझा
  • जनकपुर इञ्जिनियरिङ क्याम्पस, काठमाडौं: सुनिल शाह
  • लिलाधर घिमिरे द्वापिया जाता कलेज, रूपन्देही: अभिशेष यादव
  • गुप्तेश्वर बहुमुखी क्याम्पस, पर्वत: सहिश रेग्मी
  • मातृभूमी बहुमुखी क्याम्पस, लमजुङ: विशाल थापा
  • त्रिपुरा क्याम्पस, दोलखा: सरोज थापा
  • त्रिपुरा सुन्दरी क्याम्पस, अछाम: कमल कुँवर
  • डोल्पो बहुमुखी क्याम्पस, डोल्पाः खिम बहादुर रोकाया
  • थापाथली इञ्जिनियरिङ क्याम्पसः पुस्कर विक्रम शाही
  • चामुन्डा बहुमुखी क्याम्पस, दैलेखः सुनिल शाही
  • रारा बहुमुखी क्याम्पस, मुगुः राज तामाङ
  • केदार ज्योतीपुन्ज बहुमुखी क्याम्पस, डोटीः निर्मल वम
  • इआरसी इञ्जिनियरिङ अध्ययन संस्था, सुनसरीः नवीन श्रेष्ठ
  • तेह्रथुम बहुमुखी क्याम्पसः ताराप्रसाद दाहाल
  • रूकमिणी क्याम्पस, रूकुमः अनिशेष केसी
  • सहिद आदर्श क्याम्पस, ओखलढुंगाः सुरेश धमला
  • सहिद कृष्ण क्याम्पस, तनहुँः विष्णु अधिकारी

अखिल (क्रान्तिकारी)

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपक देवकोटाका अनुसार चुनाव भएका ठाउँको अहिलेसम्म ३६ ठाउँमा अखिल क्रान्तिकारीले जितेको छ।

  • सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
  • स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
  • सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
  • शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम : निराजन केसी
  • चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की
  • वनगाड क्याम्पस, सल्यान : अजय विष्ट
  • फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
  • लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
  • जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
  • गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ
  • चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
  • मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
  • सुनकोशी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
  • शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
  • गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे
  • कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ
  • चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ
  • नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना
  • पालुङ बहुमुखी क्याम्पस: पुष्कल श्रेष्ठ
  • रवि क्याम्पस, पाँचथर: चन्द्रहाङ लावती
  • सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं : प्रदीप श्रेष्ठ
  • जनकल्याण बहुमुखी क्याम्पस, सल्यान : एकराज ओली
  • पद्मोदय क्याम्पस, दाङ : विष्णु गोराथोकी
  • झिमरुक बहुमुखी क्याम्पस, प्युठान : नरेश पुन मगर
  • सिस्ने शिक्षा क्याम्पस, रुकुम (पूर्व) : जयमान बुढा मगर
  • गुल्मीको जनज्योति बहुमुखी क्याम्पस : जीवन पौडेल
  • सोलुखुम्बु बिपी कोइराला संस्कृत क्याम्पस : मोहन बस्नेत
  • नुवाकोट कुमारी नमूना बहुमुखी क्याम्पस : सिर्जना न्यौपाने
  • भाषा क्याम्पस, धनकुटा: सरोज थापा
  • बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं : जीवन तिरुवा
  • मार्क इन्टरनेसनल क्याम्पस, दाङ : समिरजंग मल्ल
  • सिम्रुतु क्याम्पस, रूकुम : निर्मला बुढाथोकी
  • दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुले : नवीन विष्ट
  •  गोरखा क्याम्पस (मोडल कलेज), तुलसीपुर, दाङ : नयमेसन चौधरी
  • चन्द्रोदय बहुमुखी क्याम्पस, धादिङ : सन्जित सुवेदी
  • जय बागेश्वरी बहुमुखी क्याम्पस, धादिङ : नवराज त्रिपाठी

अनेरास्ववियु

एमाले भ्रातृ संगठन अनेरास्ववियुका महासचिव नरेश रोकायका अनुसार चुनाव भएका ठाउँको अहिलेसम्म २० ठाउँमा अनेरास्ववियुले जितेको छ।

  • रूद्रावती बहुमुखी क्याम्पस, गुल्मी : अनिष पाठक
  • नारद आदर्श बहुमुखी क्याम्पस, बसाहा, उदयपुर : केबल तामाङ
  • हरैया बहुमुखी क्याम्पस, रूपन्देही : प्रदिप सापकोटा
  • शंकरपुर पस्ति, दार्चुला : कविता अवस्थी

मकवानपुरका चार क्याम्पसमा अनेरास्ववियु, अनेरास्ववियु र अखिल क्रान्तिकारी विप्लवबीचको संयुक्त प्यानल विजयी भएको छ।

  • हटिया जनप्रिय बहुमुखी क्याम्पस : मुना गोले
  • वंशगोपाल बहुमुखी क्याम्पस : दिवस सिलवाल
  • मनहरि बहुमुखी क्याम्पस : कुमार घिसिङ
  • निर्मल बहुमुखी क्याम्पस : सरोज अर्याल
  • भेरी बहुमुखी क्याम्पस, गुमी सुर्खेत :शक्ति पौडेल
  • सगरमाथा इञ्जिनियरिङ क्याम्पस : यज्ञराज सापकोटा (प्रदिप)
  • बुलबुले बहुमुखी क्याम्पस, पहलवानपुर कैलाली : पुष्पा खाती
  • मंगलबारे बहुमुखी क्याम्पस, इलाम : फुर्वा तामाङ (सुनिल)
  • जनसेवा बहुमुखी क्याम्पस, बर्दिया: लक्ष्मी प्र.न्यौपाने
  • पिपुल्स क्याम्पस, काठमाडौं : रन्जित भन्डारी
  • नमूना बागेश्वरी क्याम्पस, गल्छी : अन्दाज श्रेष्ठ
  • विराटनगर नर्सिङ क्याम्पस : प्रशंसा पौडेल
  • षडानन्द बहुमुखी क्याम्पस, भोजपुर : गिरिजा कार्की
  • डिग्री क्याम्पस विराटनगर : निर्मल गजुरेल
  • हेटौंडा क्याम्पस: अभी मैनाली
  • ईन्द्रावती क्याम्पस, मेलम्ची: अकिशन दुलाल