नेकपा (एकीकृत समाजवादी) को महासचिवमा नेता घनश्याम भुसाल मनोनित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आज बसेको पदाधिकारी बैठकले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ ।

बैठक महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र निवर्तमान महासचिव वेदुराम भुसाललाई आजबाट लागू हुनेगरी उपाध्यक्षमा मनोनित गरिएको
छ । बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

यससँगै पार्टीको केन्द्रीय सचिवालय सदस्यको संख्या १९ भएको छ ।

एकीकृत समाजवादीको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय पनि गरेको छ ।