सीमा मिचिएको विरोधमा उत्रिएका विद्यार्थीलाई पक्राउ

२७ बैशाख, काठमाडौं । नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ परेको छ । सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो ।
तर उत्तर ढोकामा जम्मा हुनासाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको विद्यार्थी नेता सुदेश पराजुलीले जानकारी दिए ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।