आरआर क्याम्पसबाट खुकुरीसहित बैतडीका मनोज चन्द पक्राउ

काठमाडौं । प्रहरीले आरआर क्याम्पसबाट खुकुरीसहित एक जनालाई पक्राउ गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी कार्यक्रमअन्तर्गत उम्मेदवारी दर्ताका क्रममा खुकुरी देखाएपछि आरआर क्याम्पसमा अध्ययनरत विद्यार्थी मनोज चन्दलाई पक्राउ गरिएको हो ।

क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियूबीच मनोनयन दर्ताको विषयलाई लिएर विवाद हुन थालेपछि बैतडीका चन्दलाई खुकुरीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । घटनाका सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्ववियु निर्वाचनलाई ध्यानमा राख्दै गृह मन्त्रालयले यस्ता घटना नियन्त्रणका लागि निगरानी गर्न र उच्छङ्खल गतिविधि गर्नेलाई पक्राउ गरी कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयले यसअघि नै निर्देशन दिइसकेको छ । स्ववियु निर्वाचन आगामी चैत ५ मा हुँदैछ ।