जनता समाजवादी पार्टी (सजपा) ले उपपराष्ट्रपतिमा नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (सजपा) ले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय हो ।

जसपाका सांसद प्रदीप यादवका अनुसार आठदलीय सहमतिअनुसार पार्टीको संसदीय दलका नेता समेत रहेका रामसहायलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।