उदयपुरको झुल्केका तीन जनामा शंका लागि पुनः परीक्षण गर्दा पोजिटिभ देखिएको हो

२७ वैशाख, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा तीन जनामा पहिले कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो । शंका लागेपछि पुनः नमुना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिएका छन् । यसअघि संकलन गरिएको थ्रोट स्वाब ढिलो परीक्षण गरेका कारण भुल्केमा पुनः नमुना संकलन गरिएको थियो ।
१७ दिनयता उदयपुरको भुल्केमा संक्रमण देखिएको थिएन । भुल्केको दैनिकी पनि सामान्य अवस्थामा फर्कदै थियो । तर अहिले थप तीन जनामा कोरोना पोजेटिभ देखिएपछि प्रदेश १ लाई झस्काएको छ ।