राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय

२४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए अनुसार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुबै अभिभावकीय भूमिकामा निष्पक्ष हुने सम्भावना नदेखेर मतदान नगर्ने निर्णय गरेको बताए ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भोली बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले संविधानले राष्ट्रपतिलाई अभिभावकीय र निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको तर अहिलेका दुबै उम्मेदवार सक्रिय राजनीतिबाट आएको हुनाले निष्पक्षताको आशा गर्न नसकिने बताए ।

‘दुबै उम्मेदवार सक्रिय राजनीतिमा रहनुभएको र गत निर्वाचनमा एउटा एउटा पार्टीबाट प्रतिनिधिसिभामा निर्वाचित भएको हुनाले अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न सकेनौं’ लिङ्देनले निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो ।