आज विश्वभरमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ

२४ फागुन, काठमाडौं । आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । आज विश्वभरमा विविध कार्यक्रम गरी
मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।