समाचार लेखेकै भरमा पत्रकारलाई धम्काउने र तथानाम बोल्ने पालिका अध्यक्ष र उनका आसेपासेलाई कानुनी कारवाही गर

क्रान्तिकारी पत्रकार महासंघ

२६ वैशाख, काठमाण्र्डौ । क्रान्तिकारी पत्रकार महासंघले संगठनका सचिव तथा हाम्रो अनलाइन पत्रिकाका अध्यक्ष/प्रकाशक तथा छापामार साप्ताहिका सम्पादक/प्रकाशक रनसुर महतारा (रमेश) लाई समाचार लेखेकै कारणले धम्क्याउने, गाली गलौज गर्ने तथा चरित्र हत्या गर्ने बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष र उनी निकट रहेका रोशन शाहीलाई कारबाही गर्न माग गरेको छ । संगठनका महासचिव रामकुमार श्रेष्ठले आज जारी गरेको वक्तव्यमा समाचार लेखेकै कारण चित्त नबुझे उजुरी गर्ने निकायहरु हुँदा हुँदै धम्क्याउने, गाली गालौज गरेर मानसिक आक्रमण गर्नेहरुमाथि तत्काल छानविन गरी कारबाही गर्न माग गरिएको छ ।

महासंघद्धारा जारी वक्तव्यमा यस्तो भनिएको छ :
“बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले राहत वितरणमा पनि राजनीति गर्दै, वास्तविक पीडितले राहत पाएनन्’ शीर्षकको समाचारको विषयलाई लिएर हाम्रो संगठन क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव, नेपाल पत्रकार महासंघका ललितपुर शाखाका सहसचिव तथा हाम्रो अनलाइन र छापामार साप्ताहिकका सञ्चालक तथा प्रधानसम्पादक समेत रहेका रनसुर महतरा‘ रमेश’ लाई स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफ्ना नजिकका केही व्यक्ति (रोशन शाहीलगायत) हरुलाई लगाएर फोनमार्फत् धम्क्याउने र सामाजिक सञ्जालमा जथाभावी लेखी चरित्र हत्या गर्न खोजिएको घटनाप्रति हाम्रो संगठनको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।
वक्तव्यमा भिनएको छ, “समाचारमा चित्त नबुझे सोही मिडियामा खण्डन छपाउने, त्यो सम्भव नभए प्रेस काउन्सील लगायत उजुरी गर्ने निकायहरु तथा माध्यमहरु हुँदा हुँदै मध्येरातमा फोन गरेर तथानाम गालीगलौज गर्ने, धम्क्याउने र चरित्र हत्या गर्ने कार्यको हाम्रो संगठन घोर भत्र्सना र कडा शब्दमा निन्दा गर्दछ । साथै, उक्त घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न हाम्रो संगठन जोडदार रुपमा माग गर्दछ ।
पछिल्ला दिनमा सार्वजनिक पदमा बसेकाहरुले पदीय दुरुपयोग गरेका समाचार लेखेकै कारण पत्रकारहरुमाथि भौतिक र मानसिक आक्रमणहरु भइरहेको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “समाचार लेखेकै कारण असुरक्षित हुनुपर्ने स्थितिको अन्त्य गरी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाका लागि विशेष ध्यान दिन हाम्रो संगठन राज्यसँग जोडदार रुपमा आग्रह गर्दछ । साथै, बढ्दो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने घटनाहरुको विषयमा एकताबद्ध भएर आवाज उठाउन पनि हाम्रो संगठन सबै सरोकारवाला संघ संगठनहरुमा विशेष आग्रह गर्दछ भनेर बक्तव्यमा भनिएको ।