आठ दलीय गठबन्धनको बैठक ४ बजे बोलाईयो बैठक प्रचण्डविरुद्धको मुद्दामा केन्द्रित हुने

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेशमाथि ८ दलीय गठबन्धनभित्र आज छलफल हुँदैछ। प्रधानमन्त्री प्रचण्डले छलफल अपरान्ह ४ बजे ८ दलीय गठबन्धनको बैठक बोलाएका छन् । कांग्रेसका एक पदाधिकारीका अनुसार बैठकमा आजको बैठक प्रचण्डविरुद्धको मुद्दामा केन्द्रित हुने छ ।

गत कात्तिकमा रामेछापका ज्ञानेन्द्र आरणसहितले ‘सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजार नागरिकमध्ये ५ हजारको जिम्मा लिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्तिलाई आधार बनाएर उनलाई हत्या अभियोगमा पक्राउ गरी मुद्दा चलाउन माग गर्दै रिट निवेदन दिएका थिए । उनको उक्त रिट निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेर गरेको थियो । तर अरुण दरपिठ आदेशविरुद्ध पुनः अर्को रिट लिएर सर्वोच्च गएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शुक्रवार प्रचण्डविरुद्धका रिट निवेदन दर्ता सर्वोच्च प्रशासनलाई आदेश दिएपछि माओवादी झस्एिको छ । प्रचण्ड सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौता विपरीत भएको नेकपा माओवादी केन्द्रले ठहर गरेको छ । यता कांग्रेसले पनि प्रचण्डविरुद्धको मुद्दा अगाडि बढाउने आफ्ना कार्यकर्ता ज्ञानेन्द्रराज आरण र जितेन्द्र मोक्तानसँग कुराकानी गरिरहेको छ । कांग्रेसका नेताहरुका अनुसार मोक्तान मुद्दा फिर्ताको पक्षमा छन् भने आरणले मनिरहेका छैन ।

पीडितका नाममा राजनीति गर्न खोजेको भन्दै मोक्तानले आरणलाई निवेदनबाट आफ्नो नाम हटाउन भनिसकेका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका उनले रातोपाटीसँग भने, ‘मैले हिजो साँझ फोन गरेर रिट निवेदनबाट मेरो नाम हटाउन भनिसकेको छु । पीडितले न्याय पाउनुपर्छ । तर आरणले पीडितका नाममा राजनीति गर्ने खोजेको देखियो ।’