एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय

काठमाडौँ । नेकपा एमालेको आज बिहान बसेको सचिवालय बैठकले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ । बैठकका अनुसार सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम रहने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते जुन सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।

अहिले भएको सरकार फाल्ने र नफाल्ने भन्नेबारेको विषय नभई राष्ट्रपतिको मात्रै विषय भएकाले पार्टीले २५ गतेसम्म पर्खने निर्णय गरेको उनको भनाई छ ।