राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल र सुवास चन्द्र नेम्वाङ भिड्दै

काठमाडौँ । सत्ता गठबधन फेरिदै राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको आठ दलीय गठबन्धन र एमालेबीच भिडन्त हुने भएको छ । नेकपा एमालेले राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेसँगै दुई पक्षीय भिडन्त हुने निश्चित भएको हो ।

आठ दलीय गठबन्धनको सहयोगमा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेले नेता सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यससँगै आजै दुबै जनाले नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर उम्मेदवारी दर्ता
गराएकाछन् । राष्ट्रपति निर्वाचन फागुन २५ मा हुँदैछ ।