सार्वजनिक बिदाका दिन पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने

सरकारले सार्वजनिक बिदाका दिन पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिदाका दिन अत्यावश्यकीय सेवा प्रवाह गर्ने र त्यो दिन आउने कर्मचारीलाई सट्टा बिदा दिने निर्णय गरेको हो।

कुन-कुन कार्यालयमा सेवा सुचारू गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णयमा उल्लेख गरिएको छ।