काठमाडौं । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
यसअघि बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्ततालाई देखाउँदै स्थगित गरिएको थियो ।
बिहीबार बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच मात्र छलफल भएको थियो ।
आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछिको अवस्था, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने, सुदूरपश्चिममा सरकार ढलेपछि उत्पन्न राजनीतिक घटनाक्रम लगायत समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।