कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्रापत गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन नसकेका हुन् । यससँगै गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ ।
यससँगै प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
यसअघि उनलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएसँग रावलले विश्वासको मतका लागि संख्या पुर्याउन नसकेका
हुन् ।