चैत महिना अघि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन सम्भव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन सम्भव नहुने बताएका छन् ।

मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने उनले बताएका हुन् । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने उनले बताए ।

नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद गुमेपछि सो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो । देशभर मतदाता नामावली अद्यावधिक सुरु गरेपछि कम्तीमा ४० दिन समय लाग्ने भन्दै प्रमुख आयुक्त थपलियाले त्यसपछि मात्रै उपनिर्वाचनका लागि आयोगले समय तोक्ने रातोपाटीलाई जानकारी दिए ।

सरकारसँग सुरक्षा र बजेट माग गरेर उपनिर्वाचनको मिति आयोगले नै तोक्ने हो । उपनिर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै छ । त्यसअघि मतदाता नामावली अद्यावधिक गर्नुपर्ने हुन्छ । प्रदेशको मात्र भएको प्रदेशभरिको गरे पुग्ने थियो । संघीय संसदको चुनाव भएकोले देशभरिको जोपनि योग्यता भएको मतदाता उम्मेदवार हुने पाउने भएकोले मतादाता नामावली अद्यावधिक गर्नुपर्ने हुन्छ । आयोगले सुरुमा यसको तयारीमा जुट्दैछ ।’

आयोगले मतदाता नामावली अद्यावधिक गर्नका लागि छिट्टै मिति तोकेर काम सुरु गर्ने तयारीमा रहेको उनले बताए । राष्ट्रपतिलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउने, नयाँ राष्ट्रपतिको निर्वाचन सकेपछि मात्रै उपनिर्वाचनको विषयमा प्रवेश गर्ने आयोगको तयारी छ ।