क्यान इन्फोटेक– २०२३ प्रदर्शनी आजदेखि राजधानीमा सुरू

‘क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि राजधानीमा सुरू भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भृकुटीमण्डपमा सुरू भएको प्रदर्शनीको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् ।

प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ।