Breaking News

भारतविरुद्ध ३-१ को जितसहित नेपाल बंगलादेशमा जारी साफ यू(२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

२४ माघ, काठमाडौं । भारतविरुद्ध ३-१ को जितसहित नेपाल बंगलादेशमा जारी साफ यू(२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको
छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल गर्‍यो ।

खेलको २१औं मिनेटमा अपुर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

तर ४७औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काइन् । कप्तान प्रिती राईले ६८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २(१ को अग्रता दिलाइन् । अग्रता बनाएपछि भारतमाथि हावी भएको नेपालका लागि अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै ३(१ को जित दिलाइन् ।

पहिलो खेलमा बंगलादेशसँग ३(१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४(० ले पराजित गरेको थियो ।

नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्‍यो ।

भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्न सक्यो । हारपछि भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ । भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बंगलादेशलाई अनिवार्य पराजित गर्नुपर्नेछ ।