अभिनेता शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड

एजेन्सी

अभिनेता शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ ।

यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो । फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो ।

पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन । एशराज फिल्मसको ब्यानरमा बनेको शाहरुख अभिनित चलचित्र पठानले वलिउडमा आशा देखाएको फिल्मकर्मीहरुले टिप्पणी गरेका छन् ।