नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलायो

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठक २९ माघबाट तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु हुने एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेको केन्द्रीय कमिटी बैठक आम निर्वाचन सम्पन्न भएपछि पहिलोपटक बस्न लागेको हो । उनका अनुसार निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुनेछन् ।

त्यसअघि बैठकको अजेन्डा तय गर्न २६ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् ।