२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।
रास्वपाको बैठक आज दिउँसो साढे ११ बजे बोलाइएको छ ।
चितवन-२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुनस् नागरिकता लिएपछि उनले गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागेका छन् ।
लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक भएका छैनन् । गृहमन्त्री नपाउँदाको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी रास्वपाले दिएको छ । सोही विषयको टुंगो आजको बैठकले लगाउनेछ ।
तर, बैठकको निर्णयबाहेक सभापति लामिछानेले त्यसलगत्तै छुट्टै पत्रकार सम्मेलन गर्न लागेका हुन् ।