२० माघ, काठमाडौं । इथोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाई भारत पुर्याइएका १२ जना नेपाली महिलाहरुको उद्दार गरिएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, भारतीय प्रहरी भारतीय संस्था हेल्प ट्रस्ट क्रस इन्डियार नेपालस्थित शान्ति पुनर्स्थापना केन्द्रको पहलमा भारतको जयपुरबाट उद्दार गरिएको हो । उनीहरुलाई माघ १९ गते नै उद्धार गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
तस्करहरुले नेपालका विभिन्न नाकाहरुबाट मंसिर र पुस महिनामा भारत पुर्याइ दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाएको अनुसन्धानबाट खुल्न आएको छ ।