१९ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार परिसूचक नेप्सेमा १.०४ प्रतिशतको गिरावट हुँदा २ हजार अंकको बिन्दुमा झरेको छ । ८ पुसमा १८६७.२१ अंकमा रहेको नेप्से १० पुसमा नयाँ सरकार गठनसँगै लगातार बढेर २५ पुसमा २२११.७७ अंकसम्म पुगेको थियो । त्यसपछि भने बजारमा उताचढाव देखिएपनि नेप्से घट्दै बिहिबार पुनः २१०० अंकको बिन्दुबाट तल झरेको छ ।
बिहीबार बजार परिसूचक नेप्से २२.१२ अंकले गिरावट हुदाँ २०९४.५४ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने कारोबार रकम पनि २ अर्बमा सीमीत भएको छ । बिहीबार सबै उपसूचकमा गिरावट हुँदा जीवन बीमा र हाइड्रोपावर उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । कारोबार रकममा पनि खासै उत्साह नभए पनि बुधबारको भन्दा केही बढेको छ ।
बुधबार १ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहिबार २ अर्ब ९ करोड ६४ लाखको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एनआईसी एसिया बैंकको ५ करोड ५० लाख ४० हजार र आईएमई जनरल इन्स्योरेन्सको ४ करोड ९१ लाखको कारोबार भएको छ ।
बिहीबार बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।
कारोबार भएकोमध्ये आदर्श लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा मल्टीपपर्स फाइनान्सको सेयरमूल्य २.९६ प्रतिशत र इमर्जिङ नेपालको सेयर मूल्य २.११ प्रतिशतले वृद्धि भएको छ ।
यता सपोर्ट लघुवित्तको सेयरमूलय सर्वाधिक ५.८० प्रतिशतले गिरावट हुँदा सिद्धार्थ इन्स्योरेन्सको ५.२९ प्रतिशत र रिडी हाइड्रोपावरको सेयरमूल्य ५.१३ प्रतिशतले गिरावट भएको छ ।