संघीय संसद सचिवालयले राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । संघीय संसद सचिवालयले राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । सोहीअनुसार सचिवालयले माघ २२ गते उम्मेदवारी दर्ता र २३ गते मतदान गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

rastriyasava