१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।
समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरूले बताएका छन् । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।
बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।