सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय

११ माघ, काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

‘उहाँले उठाएका विषयहरुबारे गृहले छानबिन गर्छ, छिट्टै रिपोर्ट आउँछ’, एक मन्त्री भन्छन्, ‘छानबिन प्रतिवेदनका आधारमा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने हो कि बालबच्चाको शिक्षा र रोजगारी के गर्ने हो निर्णय गर्छौं ।’